एनआरटीलाई पराजित गर्दै एपीएफ क्लब खप्तड गोल्डकपकाे क्वार्टर फाइनलमा

 फागुन १०, २०७६ शनिबार १९:५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एपीएफ क्लब खप्तड गोल्डकप फुटबलकाे क्वार्टर फाइनलमा प्रवेश गरेकाे छ ।

कैलालीकाे धनगढी रंगशालामा एक गोलले पछि परेको एपीएफले एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

क्वार्टर फाइनलमा एपीएफले पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।

आजकाे खेलकाे ३८ औं मिनेटमा एनआरटीले अग्रता लिएको थियो । एनआरटीका लागि दर्शन गुरुङले गोल गरेका थिए । त्यही गोलको अग्रता पहिलो हाफमा कायम राखेको एनआरटीले दोस्रो हाफमा भने सम्हालिएर खेल्न सकेन ।

६० औं मिनेटमा रमेश दंगालले हेडर गोल गर्दै एपीएफलाई बराबरीमा ल्याएका थिए। ६५ औं मिनेटमा लगातार रिवाउण्ड भएको बलमा एपीएफले दोस्रो तथा निर्णायक गोल गरेको थियो । एपीएफका विकु तामाङले दाेस्राे गोल गरेका थिए ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया