खेल जीवनको १००० औँ खेलमा रोनाल्डोको कीर्तिमानी गोल

 फागुन ११, २०७६ आइतबार ९:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा सिरी ‘ए’ फुटबलमा युभेन्टस विजयी भएको छ । 

शनिबार राति भएको खेलमा युभेन्टसले एसपीएएललाई दुई–एक गोल अन्तरले हरायो । युभेन्टसको जितमा रोनाल्डो र आरोन राम्सेले गोल गरे । 

करियरको सिनियरतर्फ एक हजार खेल पूरा गरेका रोनाल्डोले शनिबारको खेलमा एक गोल गर्दै गोल सङ्ख्या ७ सय २५ पुर्याएका छन् । साथै उनी सिरी ए फुटबलमा लगातार ११ खेलमा गोल गर्न सफल भएका छन् । 

खेलको ३९औँ मिनेटमा गोल गरेका रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फबियो क्वाग्लिआरेलाको कीर्तिमानी गोल बराबरी गरे । 

खेलको ६०औँ मिनेटमा आरोन राम्सेले एक गोल थप्दा एसपीएएलका आन्द्रे पेटाग्नालेटरले ६९औँ मिनेटमा सान्त्वना गोल फर्काए । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया