कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
काठमाण्डाै - काठमाण्डाैसहित पहाडी क्षेत्रमा आज हल्का पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् राजु प्रधानांगले अहिले पनि पहाडी केही क्षेत्रमा हल्का पानी पर्ने बताउनुभयो ।
पश्चिमी न्यून चापीय प्रणाली र स्थानिय वायूको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने उहाँले जानकारी दिनुभयो ।
यो वायुको प्रभावका कारण अबको केही दिनको मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।
अहिले देशभरको मौसम आंशिक बद्ली भएको छ । राति पनि मौसक बद्ली नै रही केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् प्रधानांगले बताउनुभयो ।
यस्तै भोलि भने देशका धेरै ठाउँको मौसम बद्ली भइ मध्य तथा पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने अनुमान छ । अब चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।