फ्रेन्च लिगमा पीएसजीलाई १३ अंकको अग्रता, नेयमारलाई रातो कार्ड

 फागुन १२, २०७६ सोमबार ६:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फ्रेन्च लिग वानमा पीएसजी विजयी भएको छ । पेरिसमा भएको खेलमा घरेलु टोलीले बोर्डोलाई ४–३ ले पराजित गर्‍यो । जितसँगै पीएसजीले लिगमा १३ अंकको अग्रता लिएको छ ।

पीएसजीले ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको ओलम्पिक मार्सेको ५२ अंक मात्र छ । 
पेरिस सेन्ट जर्मेइनलाई जित दिलाउनका लागि माक्र्युन्होसले दुई गोल गरे । खेलको पहिलो गोल भने बोर्डोका लागि ह्वाङ उई जोले १८औं मिनेटमा गरेका थिए ।

२५औं मिनेटमा इडिन्सन काभानीले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफको इन्ज्युरी समयमा माक्र्युन्होसले गोल गर्दै पीएसजीलाई २–१ ले अघि पुर्‍याए । इन्ज्युरी समयमा पाब्लोले बोर्डोका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

६३औं मिनेटमा माक्र्युन्होसले ब्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले फेरी अग्रता लियो । त्यसको ६ मिनेटपछि केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता ४–२ मा लम्बियो ।

८३औं मिनेटमा रुवेन पार्दोले बोर्डोका लागि गोल गर्दै पीएसजीको अग्रता ४–३ मा घटाए । तर, बाँकी समयमा गोल हुन सकेन । खेलको अन्तिम समयमा नेयमार रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इन्ज्युरी समयको केही मिनेट पीएसजीले १० खेलाडीमा खेलेको थियो ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया