मेस्सीका छोरा थिएगो रोनाल्डाेका 'फ्यान'

 फागुन १२, २०७६ सोमबार १५:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीका छाेरा युभेन्टसका स्टार क्रिस्टियानाे राेनाल्डाेकाा फ्यान हुन् । 

मेस्सीले आफ्नो छोरा थिएगो मेस्सीले आफ्ना प्रतिस्पर्धी रोनाल्डोको बारेमा धेरै बुझ्न खोजेको बताएका छन् । भर्खरैकाे एक अन्तवार्तामा मेस्सीले आफ्नो छोरा थिएगो फुटबलप्रति आकर्षित रहेको र रोनाल्डोको बारेमा धेरै कुराहरु सोधिरहने बताएका हुन् ।

थिएगोले रोनाल्डो लगायत स्वारेज, ग्रिजम्यान, एम्बाप्पे र नेयमारका बारेमा आफूलाई सोध्ने गरेको मेस्सीले बताएका छन् । ‘थिएगो स्वारेजको बारेमा सोध्छन् किनकि स्वारेजसँग थिएगो खुलेर बोल्न सक्छन्', मेस्सीले भने ।

'उनी मसँग ग्रिजम्यानको बारेमा पनि सोध्छन् र भिडालसँगको पहिलो भेटबाट नै उनको कपालको कारण थिएगो प्रभावित भएका छन्’ मेस्सीले आफ्नो छोरा थिएगोबारे बोल्दै भने ।

‘उनी सबैभन्दा धेरै रोनाल्डोको बारेमा प्रश्न गर्छन् र एम्बाप्पे र नेयमारको बारेमा पनि मलाई सोध्ने गर्छन् । थिएगोलाई फुटबल खेलाडीको बारेमा जानकारी लिन निकै मनपर्छ’, मेस्सीले थपे ।

थिएगो मेस्सी अहिलेदेखि नै फुटबलमा निकै रुचि राख्ने गर्छन् र भविष्यमा बार्सिलोनाबाट खेल्ने बताउँछन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया