पूर्वसभामुख महरा दाङमा, समर्थकले फूलमालाले स्वागत गरे

 फागुन १२, २०७६ सोमबार २०:४७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ –  जबरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाउनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा दाङ आइपुग्नुभएकाे छ । 

दाङ आइपुग्नुभएका महरालाई उहाँका समर्थकले फूलमाला, अबीर र खादा लगाएर सम्मान गरेका छन् । महरालाई स्वागत गर्न प्रतिनिधि सभा सदस्य गङ्गा थारु पनि पुग्नुभएकाे थियाे । 

समर्थकलाई सम्बोधन गर्दै महराले आफूले कुनै गल्ती नगरेको बताउनुभएकाे छ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका महराले मतदातालाई भेट्ने कार्यक्रम पनि रहेकाे छ । 

समर्थकलाई सम्बाेधन गर्दे महराले आफ्नाे जित नै नागरिककाे जित भएकाे टिप्पणी गर्नुभएकाे छ । 'जनताको माया, सुभेक्षा र सम्मानले गर्दा नै मेरो जीत भयो', महराले भन्नुभयाे । 

उहाँले विगतमा सधैँ देशकै लागि लडेको र आउँदा दिनमा पनि देशकै लागि लड्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया