इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको निधन

 फागुन १३, २०७६ मंगलबार १७:५१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इजिप्टका पूर्वराष्ट्रपति  होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।

३० वर्ष इजिप्टमा शासन गरेका हाेस्नीकाे म‌ङ्गलबार निधन भएकाे हाे । उहाँको कायरोमा रहेको सेनाको अस्पतालमा निधन भएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिकाे कार्यभार सम्हाल्नु भएकाे थियाे । प्रदर्शनकारीको हत्या आरोपमा दोषी ठहर गर्दै उहाँलाई जन्मकैदको फैसला सुनाइएकाे थियो । तर पछि फैसला उल्ट्याँउदै सन् २०१७ मा उहाँलाई रिहा गरिएको थियो ।

राजनीतिमा प्रवेश गर्नुअघि उहाँ हवाइ सेनाका मार्सल हुनुहुन्थ्यो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया