पानी परेपछि काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँकाे वायु प्रदूषण कम

 फागुन १४, २०७६ बुधबार ८:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मङ्गलबार बेलुकीदेखि पानी परेपछि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण कम भएको छ ।

पानी परेसँगै हावामा रहेको धुलोको कण घटेको र तुवाँलो हट्दा प्रदूषणको मात्रा कम भएको वातावरण विभागले जनाएको छ । हावामा प्रदूषणको मात्रा मापन सूचकाङ्क अक्वा ४० सम्म हुँदा बसोबास योग्य मानिनेमा अहिले रत्नपार्क आसपासको अक्वा ३१ छ ।

सुनसरीको झुम्का र बाराको सिमरामा भने बुधबार पनि प्रदूषणको मात्र उच्च छ । अहिले सिमराको अक्वा १ सय १७ रहेको छ भने झुम्काको ९२ रहेको विभागले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हावाको अन्तर्राष्ट्रिय मापदण्ड अक्वा २५ तोकेको छ भने नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया