१० खेलाडीमा समेटिएकाे ब्रगकाे पाेस्टमा युनाइटेडकाे ५ गाेल

 फागुन १६, २०७६ शुक्रबार ७:३१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस क्लब म्यान्चेस्टर युनाटइटेड युरोपा लिगको प्रिक्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बेल्जियमको क्लब ब्रगविरुद्ध पाँच–शून्यकाे फराकिलो जित निकाल्दै युनाइटेडले प्रिक्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । ब्रगमाथि समग्रमा युनाइटेड ६–एक गोल अन्तरले विजयी भयो । पहिलो लेगमा दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए ।

युनाइटेडको जीतमा फेड्रिगो रोड्रिगेज स्यान्टोसले दुई गाेल गरे भने ब्रुनो फर्नान्डेस, ओडियन इघालो र स्कट म्याक टोमिनले एक–एक गोल गरे ।

२३औँ मिनेटमा नै क्लब ब्रग १० खेलाडीमा समेटिएको थियो । म्याक टोमिनेमाथि पेनाल्टी बक्समा फल गरेपछि सिमोन डेली रातो कार्ड पाउँदै मैदान छाडेका थिए । १० खेलाडीमा समेटिएको ब्रग दबाबमा आएको थियो । २७औँ मिनेटमा पेनाल्टीमार्फत युनाइटेडले अग्रता लिन सफल भयो । उसका लागि ब्रुनो फर्नान्डेसले गोल गरे ।

३४ औँ मिनेटमा ओडियन इघालाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए । सुरुदेखि नै आक्रामक देखिएको युनाइटेडले ४१ औँ मिनेटमा तेस्रो गोल गरेको थियो । उसका लागि स्कट म्याक टोनिले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा तीन–शून्यकाे अग्रता दिलाए ।

पहिलो हाफमा तीन गोल गरेको युनाइटेडले दोस्रो हाफमा दुई गोल थपेको थियो । दोस्रो हाफमा  दुवै गोल फेड्रिगो रोड्रिगेज स्यान्टोसले गरे । उनले ८२ औँ र ९० औँ मिनेटमा लगातार दुई गोल गरेपछि युनाइटेड पाँच–शून्यकाे सहज जीत निकाल्न सफल भयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया