शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढ्यो

 फागुन १६, २०७६ शुक्रबार ८:५५:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट, कोरियन वन र ओमानी रियालको भाउ बढेको छ भने अरु विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्रबैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा तोकेको छ । हिजो यसको खरिददर ११४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकेको छ । बिहीबार यसको एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा रहेको थियो । 

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३१ रुपैयाँ ५७ पैसा रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर ३०० रुपैयाँ १७ पैसा पुगेको छ । हिजो यसको खरिददर २९९ रुपैयाँ ५२ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो यसको एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १२ पैसा र बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ६ पैसा र बिक्रीदर २७ रुपैयाँ २० पैसा तोकेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा तोकेको छ । बिहीबार यसको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो यसको खरिददर ३७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७५ रुपैयाँ २७ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो यसको खरिददर ३०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ २३ पैसा रहेको थियो ।  
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया