प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – कीर्तिपुरमा गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारका क्रममा ज्यान गएको छ ।
गएको सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीकाे घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा २ ख १८४० नम्बरको माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खस्नुभएकाे उहाँका काका टेकराजले जानकारी दिनुभयो ।
आशिष कुलेश्वरमा रहेको आफू कार्यरत कार्यालय जाने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो ।