महिला विश्वकप फाइनलकाे १० दिनअघि नै ५० हजारभन्दा बढी टिकट बिक्री

 फागुन १६, २०७६ शुक्रबार १२:८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिला टी–२० विश्वकपको फाइनल हेर्न ठूलो सङ्ख्या दर्शक उपस्थित हुने भएका छन् । 

अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्ड (एमसीजी) मा हुने फाइनल खेलका लागि ५० हजारभन्दा बढी टिकट बिक्री भइसकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसीले) ले बताएको छ । 

आउँदो मार्च ८ मा फाइनल खेल हुनेछ । प्रतियोगिता अन्तर्गत अहिले समूह चरणको खेलहरु भइरहेको छ । 

टी–२० विश्वकप फाइनलको टिकट बिक्रीलाई हेर्दा यसले यसअघि महिला प्रधान खेलकुद प्रतियोगितामा रहेको आधिकारिक रेकर्डलाई तोड्ने विश्वास गरिएको छ । 

क्यालिफोर्नियाको रोस वोलमा सन् १९९९ मा भएको फिफा महिला विश्व कपमा ९० हजार एक सय ८५ जना उपस्थित भएका थिए । यो फाइनलमा अमेरिकाको महिला टिमले चीनलाई हराएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया