शेयर बजारमा हप्ताभरमै नयाँ रेकर्ड

 फागुन १६, २०७६ शुक्रबार १८:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शेयर बजारमा यो हप्ता उल्लेख्य सुधार भएको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको हाे ।

यो हप्ताको कारोबार हुने पहिलो दिन आइतबारदेखि बिहीबारसम्ममा नेप्से परिसूचक १२८ अंकले बढेको छ । आइतबार १५ सय ४ बिन्दुमा रहेको परिसूचक बिहीबार १६ सय ३२ दशमलव १८ बिन्दुमा आएर कारोबार बन्द भएको छ ।

यो हप्ता १८ अर्ब ६४ करोड रुपैयाँभन्दा धेरैका शेयर किनबेच भएका छन् । कारोबारको पहिलो दिन आइतबार ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँका ८७ लाख ६९ हजार कित्ता शेयर किनबेच भएका थिए । यस्तै दोस्रो दिन सोमबार ३ अर्ब ४१ करोड रुपैयाँ बराबरकाे ८३ लाख ४८ हजार कित्ता शेयर किनबेच भयाे ।

मंगलबार ३ अर्ब रुपैयाँ बराबरकाे ७० लाख ५९ हजार ७१२ कित्ता शेयर र बुधबार ४ अर्ब १५ करोड, ४८ लाख रुपैयाँका ९९ लाख ६ हजार कित्ता शेयर किनबेच भएका छन् । बिहीबार कारोबारको अन्तिम दिन ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँका १ करोड ८ लाख ५९ हजार ६ सय ५६ कित्ता शेयर किनबेच भएको थियो ।

यो अहिलेसम्मकै उच्च कारोबार हो ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया