प्रम ओली र नेता नेपालबीच भेटवार्ता : पार्टीका आन्तरिक विषयमाथि छलफल

 फागुन १६, २०७६ शुक्रबार १८:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै पुग्नुभएको थियो ।

भेटमा उहाँहरुबीच पार्टीको आन्तरिक र समसामयिक विषयमा छलफल भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। यस अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको बैठकमा पनि नेता नेपाल सहभागी हुनुभएको थियो । 

बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्षसमेत रहेका केपी शर्मा ओली बाहेकका शीर्ष नेता सहभागी थिए । बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टीको सचिवालय बैठकको निर्णयलाई कार्यान्वयन गराउने निर्णय गरेको बुझिएको छ । 

यसैबीच, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार पार्टीलाई नभएको बताउनुभएको छ । उहाँले सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताउनुभयो ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया