आईसीसी टी-२० महिला विश्वकप : इंग्ल्याण्डकाे दोस्रो जित

 फागुन १६, २०७६ शुक्रबार १८:४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी-२० महिला विश्वकप क्रिकेटमा इंग्ल्याण्डले दोस्रो जित दर्ता गरेको छ ।

शुक्रबार भएको खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ४२ रनले पराजित गरेको हो । १५९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९।४ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएकाे थियो । पाकिस्तानका लागि अलिया रइजले सर्वाधिक ४१ रन बनाउँदा जावरिया खानले १६ रन बनाइन् । अरु खेलाडीले उलेख्य प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानलाई रोक्ने क्रममा सरा ग्लेन, आन्या श्रब्साेलले तीन तीन विकेट लिँदा क्याथरिन ब्रुन र सोफि इक्लिस्टनले दुई-दुई विकेट हात पारे । पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसका लागि कप्तान हिदर नाइटले ६२ रन बनाउँदा नतालि सिभरले ३६ तथा फरान विल्सनले २२ रन जोडिन् । पाकिस्तानका अइमान अनवरले तीन विकेट लिँदा निदा दारले २ विकेट लिइन् ।

जितसँगै इंग्ल्याण्डले तालिकामा ४ अंक बनाएको छ । समान चार अंक बनाएको दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । समूह बीबाट सेमिफाइनल पुग्नका लागि इंग्ल्याण्डले वेस्टइण्डिजलाई पराजितग गर्नुपर्नेछ ।

यो समूहबाट तीन खेलमा पराजित भएको थाइल्याण्ड प्रतियोगितबाट बाहिरिइसकेको छ भने पाकिस्तान र वेस्टइण्डिजको समान २–२ अंक छ ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया