चाेटग्रस्त ईशान्त शर्मा क्राइस्टचर्च टेस्टबाट बाहिरिने सम्भावना

 फागुन १६, २०७६ शुक्रबार २०:९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबारदेखि क्राइस्टचर्चमा सुरु हुने भारत र न्युजिल्याण्डबीचको दोस्रो टेस्ट भारतीय टिमका फास्ट बलर ईशान्त शर्मा नखेल्ने सम्भावना उच्च भएकाे छ ।

रणजी ट्रफीका बेला घाइते भएका ईशान्तकाे पुरानाे चाेट बल्झिएपछि नखेल्ने सम्भावना उच्च भएकाे हाे । 

ईशान्त क्राइस्टचर्चमा हुने टेस्टमा नखेल्ने भएपछि उनको ठाउँमा उमेश यादवलाई खेलाउने तयारी गरिएको छ । पहिलो टेस्टमा १० विकेटको फराकिलो हार ब्यहोरेको भारतलाई दोस्रो टेस्ट अघिनै अर्को झड्का लागेको छ ।  

ईशान्त रणजी ट्रफीका बेला घाइते भएका थिए । जनवरीमा घाइते भएका उनलाई त्यतिबेला झण्डै ६ हप्ता आराम गर्न भनिएको थियो । तर फिट भएको भन्दै यो टेस्टमा ४ हप्ता आराम गरेर कमब्याक गरेका थिए ।

जसमा उनले पहिलो पारिमा ५ विकेट पनि लिएका थिए । ईशान्त टेस्ट क्रिकेटमा ३०० विकेट पूरा गर्नका लागि मात्र ३ विकेट टाढा छन् । अहिलेसम्म उनले २९७ विकेट लिएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया