इस्टर्न रिजन टी-२० : नेपाल आज मलेसियासँग खेल्दै

 फागुन १७, २०७६ शनिबार ६:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजे थाइल्याण्डको बैंककमा सुरु हुनेछ । पाँच देश सहभागी प्रतियोगिताको शीर्ष २ टिम इष्टर्न रिजन टी-२० प्रतियोगिताका लागि छनोट हुनेछन् । 

आजदेखि मार्च ६ तारिखसम्म चल्ने प्रतियोगितामा नेपालसहित घरेलु टोली थाइल्याण्ड, मलेसिया, हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्दै छन् । नेपालले यो प्रतियोगिता जित्ने लक्ष्य लिएको यसअघि नै कप्तान ज्ञानेन्द्र मल्लले बताएका छन् ।

एसिया कप क्वालीफायरका लागि यो प्रतियोगिताका शीर्ष दुई टिमले स्थान बनाउने छन् । थाइल्याण्डमा शुक्रबार सहभागी पाँच वटै देशका कप्तानहरुले ट्रफी सार्वजनिक गरेका थिए । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया