प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
मकवानपुर - मकवानपुर प्रहरीले ६ किलो २८९ ग्राम, ३५० मिलिग्राम सुनसहित भारत कर्नाटक बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरेको छ।
काठमाण्डौबाट विरगञ्जतर्फ जाँदै गरेको यात्रु बाेकेकाे रात्रि बसलाई मंगलबार बिहान हेटौंडा-१५ रातोमाटेमा जाँच गर्ने क्रममा अब्दुललाई सुनसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौरकाअनुसार अब्दुलले सुन फलामको बेरिङ्गमा लुकाएर ल्याएको अवस्थामा फेला पारेकाे प्रहरीले जनाएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी अब्दुललाई सुनसहित सार्वजनिक गरेको हाे।
सुनको नेपाली बजार मूल्य ४ करोड सत्ताइस लाख अन्ठाउन्न हजार रुपैयाँ रहेको राठौरले बताउनुभयाे । उनीमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।