मकवानपुरमा बस दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे

 फागुन २१, २०७६ बुधबार २०:१:५३ | हरि हुमागाईं
unn.prixa.net

प्रतिकात्मक तस्बिर

हेटाैँडा – मकवानपुरमा बस दुघर्टना हुँदा तीन जनाको ज्यान गएको छ ।

मकवानपुरगढीबाट हेटौँडाको लागि छुटेको ना ३ ख ३५५६ नम्बरको बस शिखरकटेरीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनाको उद्धार भइरहेको छ । घटनास्थलतर्फ एम्बुलेन्स पठाएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया