पूर्व स्थानीय विकासमन्त्री शेर्माको निधन

 फागुन २८, २०७६ बुधबार २०:२७:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पूर्व स्थानिय विकासमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्णकुमार शेर्माको ७६ वर्षको उमेरमा बुधवार निधन भएको छ ।

दुई ओटै मृगौलाले काम गर्न छाडेपछि  डायलासिस गर्दै आउनुभएका शेर्माको ललितपुरकाे निदान अस्पतालमा उपचारको क्रममा बुधबार अपरान्ह ४ बजे निधन भएको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिनुभयो ।

पाँचथरको पहिलेकाे सराङडाँडा गाविसमा २००० साल असोज महिनामा जन्मिनुभएका शेर्मा २०५७ देखि ०६७ सालसम्म दुई कार्यकाल नेपाली कांग्रेस पाँचथरको सभापति बन्नुभएको थियो । यस्तै उहाँ २०६४ सालको संविधान सभाको चुनावमा पाँचथर क्षेत्र नम्बर–१ बाट निर्वाचित हुँदै स्थानीय विकासमन्त्री हुनुभएको थियो ।

उहाँको दाहसंस्कार शनिबार काठमाण्डाैमा गरिने परिवार श्राेतले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया