हलिवुड अभिनेता टम ह्याक्सलाई काेराेना भाइरस

 फागुन २९, २०७६ बिहिबार ९:४९:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – हलिवुड अभिनेता टम ह्याक्स काेराेना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित भएका छन् । 

ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे हाे । आफ्नाे ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा काेराेनाकाे सङ्क्रमण देखिएकाे बताए । 

अभिनेता ह्याक्स र विल्सन दुवै ६३ वर्षीय हुन् । एल्भिस प्रेस्लेकाे जीवनमा आधारित फिल्मकाे छायाँकनकाे क्रममा ह्याक्स दम्पति अहिले अस्ट्रलियामा छन् ।  

'हामीले केही थाकेकाे महसुस गर्‍याैँ, रुघाखाेकी र शरीरकाे केही भाग दुखेकाे महसुस गर्‍याैँ', एकेडेमी अवार्ड विजेता अभिनेताले भने । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया