'पाकिस्तानी ब्याट्सम्यानले अस्ट्रेलिया, इङ्ग्ल्याण्ड र भारत जस्ता टिमका लागि खेल्न सक्दैनन्'

 चैत ६, २०७६ बिहिबार १३:१३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान जावेद मियान्दादले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को नीति र पाकिस्तानी खेलाडीहरुको कडा आलोचना गरेका छन् । 

आफ्नो आधिकारिक युट्युब च्यानलमा पोस्ट गरिएको भिडियोमा मियान्दादले पाकिस्तानका वर्तमान एक ब्याट्सम्यान भारत, अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, दक्षिण अफ्रिका वा न्युजिल्याण्डको टिमका लागि खेल्न नसक्ने बताए । 

झण्डै ६ मिनेटको भिडियोमा मियान्दादले पाकिस्तान क्रिकेट टिममा राम्रा बलर भए पनि ब्याट्सम्यान भने नभएको बताए । 

जावेद मियान्दादले पाकिस्तानी ब्याट्सम्यान अहमद शहजादको एक बयानलाई जवाफ दिँदै यो कुरा भनेका हुन् । 

शहजादले क्रिकेट पाकिस्तानलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए, ‘आफ्नो फिटनेस र शैलीलाई ध्यानमा राखेर बोल्दा मलाई लाग्छ, आउँदो १२ वर्षसम्म म पाकिस्तानको नेतृत्व गर्न सक्छु र यो कुरा म बढाइचढाइ गरेर भनिरहेको छैन ।’

मियान्दादले भिडियोमा के भने ?

‘भर्खरै शहजादले १२ वर्षसम्म खेल्न सक्ने बताएका छन् । उनी बालक नै छन्, म उनलाई सम्झाउँछु । खेल्न त तपाईँ २० वर्षसम्म पनि सक्नुहुन्छ, म यसको ग्यारेण्टी लिन्छु । तर क्रिकेट पर्फमेन्सको खेल हो । प्रत्येक दिन पर्फमेन्स दिनुस्, तपाईँलाई कसले निकाल्छ ?’ 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया