महाेत्तरीकाे मटिहानीमा आगलागी, १ सय ५० वटाभन्दा बढी घरगाेठ जले
बैशाख १२, २०८१ बुधबार
सोलखुुम्बु - नाम्चेबजार क्षेत्रका सबै होटल अनिश्चित कालका लागि बन्द गरिएका छन् ।
कोरोना भाइरसकाे त्रासका कारण शुक्रबार (आज) देखि यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गरिएको नाम्चेका होटल सञ्चालकहरुले जानकारी दिए ।
बिहीबार बसेको नाम्चे लज एण्ड होटल एसाेसियशनको आकस्मिक बैठकले शुक्रबार (आज) देखि त्यस क्षेत्रका सबै होटल अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कोरनाको संक्रमणले विश्वभरिलाई आतकिंत बनाएको अवस्थामा जोखीम न्यूनीकरण गर्न सम्पूर्ण होटल बन्द गर्ने निर्णय गरेको नाम्चे लज एण्ड होटल एसाेसियशनका उपाध्यक्ष निमाडोमा शेर्पाले जानकारी दिनुभयो ।
होटल बन्द भएपछि त्यहाँ कार्यरत झण्डै ३ सय मजदुर घर फर्केका छन् । सिजनको समयमा होटल बन्द गर्नुपर्ने भएकाले मजदुरलाई घर फर्काउनु बाध्य भएको होटल व्यवसायीकाे भनाइ छ ।
अहिले लुक्ला विमानस्थलमा आउने पर्यटककाे संख्या शून्य छ भने फर्किने पर्यटकको संख्या नगण्य मात्रामा रहेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।