आईपीएल सञ्चालन गर्ने विषयमा बीसीसीआईले भिडियो कन्फ्रेन्समार्फत छलफल गर्ने

 चैत ८, २०७६ शनिबार ८:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल सञ्चालन गर्ने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले मंगलबार छलफल गर्ने भएको छ ।

बीसीआईले मंगलबार सबै ८ वटा फ्रेन्चाइज टिमसँग छलफल गर्ने तयारी गरेको छ । काेराेनाकाे सतर्कतास्वरुप बीसीसीआईले अहिले कार्यालय पनि बन्द गरेको छ भने कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् । यस्ताेमा बीसीसीआईले मुम्बईबाट सबैसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न लागेको हो ।

बीसीसीआईले २९ मार्चदेखि शुरुहुनु पर्ने आईपीएल १५ अप्रिलसम्म स्थगन गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया