निजी गाडी लामो दुरीमा पनि चल्न पाउने

 चैत १०, २०७६ सोमबार १६:५४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । तर निजी गाडीलाई भने चलाउन दिने भएको छ । 

कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएकाले सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडीमा रोक लगाएको हो । निजी गाडीलाई भने अहिलेसम्म रोक नलगएकोे यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका महानिर्देशक गोगनबहादुर हमालले काठमाण्डौबाट लामो दुरीमा छुट्ने बसलाई चलाउन दिइएको छैन । यस्तै एउटै जिल्लाभित्र गाडी चलाउन  पाए पनि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी चलाउन नपाइने उहाँले बताउनुभयो । 

यसैबीच कोरोना भाइरसको जोखिम बढेपछि काठमाण्डौ उपत्यका पनि सुनसान जस्तै बन्न थालेको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया