कोरोनाका कारण कतारमा भिसा वा आईडी नवीकरण गर्न समस्या भएको छ ? यसो गर्नुहोस्

 चैत १०, २०७६ सोमबार १८:२१:५२ | उज्यालो सहकर्मी

तपाईँ कतारमा हुनुहुन्छ र योबेला नेपाल फर्कन पाइएन भनेर चिन्तामा हुनुहुन्छ भने तपाईँका लागि यी उपाय सहयोगी बन्न सक्छन् । 

३१ मार्च अथवा चैत महिनाभरी खाडीसहित मलेसिया, दक्षिणकोरिया लगायतका कोरोनाको जोखिम रहेका देशबाट नेपाल आउन पाईंदैन । तर तपाईंमध्ये कतिपयले भिसा, अकामा (कतारको परिचय पत्र) सकिएको होला अथवा नेपाल फर्कने टिकट नै काट्नुभएको थियो होला । 

नेपाली दूतावासका अनुसार, तपाईँले सरकारले रोक लगाएको अबधिमा नेपाल फर्कने टिकट काट्नुभएको छ र फर्कन पाउनुभएन भने सबैभन्दा पहिले एअरलाइन्स कम्पनीसँग सम्पर्क गरी आफ्नो समस्या राख्नुहोस् । अहिले कतिपय एअरलाइन्सले बिना शुल्क यात्रा मिति सारिदिएका छन् । 

त्यस्तै कतारको भिसा वा कतारको आईडीको म्याद सकिएको छ भने सबैभन्दा पहिला आफ्नो कम्पनी, रोजगारदातासँग समन्वय गरी नवीकरण गर्नुहोस् । यदि भिजिट भिसामा कातार जानुभएको छ भने आफन्त वा स्पोन्सरमार्फत कतारको अध्यागमन कार्यालयमा सम्पर्क गरी अवधि बढाउन सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । 

छुट्टीमा घर आउनुभएको छ र कतारको भिसाको म्याद सकियो अब कतार कसरी फर्कने भन्ने चिन्ता छ भने कतारले प्रतिबन्ध लगाएको अबधिमा आईडीको म्याद सकिएमा स्थिति सामान्य भएपछि बिदाबाट कतार फर्कन कुनै न कुनै व्यवस्था गर्ने कतार सरकारका अधिकारीहरुले बताएको दूतावासले उल्लेख गरेको छ ।

 त्यसैले अहिलेलाई आफ्नो रोजगारदातालाई आफूलाई परेको समस्याको बारेमा जानकरी गराई नआत्तिइकन नेपालमा बस्न र थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न वा वेबसाइटमा आउने जानकारी हेर्न दूतावासको अनुरोध छ ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस्

अहिलेको अवस्थामा जतिसक्दो कोठामै बस्ने र बाहिर ननिस्कनु नै उपयुक्त हुन्छ । काममा जानु छ भने कम्पनीसँग समन्वय गरेर मात्र जाने र खानेकुरा तथा औषधि किन्न मात्र बाहिर निस्कन दूतावासको अनुरोध छ ।

दूतावासले पहिचान नगरेका बजारबाट सामान किन्न हुँदैन । खानेकुरा र औषधि किन्न पनि साथीभाइसँग हुलमा जान हुँदैन । परिवारसँग बस्नुहुन्छ भने पनि परिवारसँग नगई आफू मात्र जान पर्छ ।

सामान किन्न पटक पटक जानुभन्दा पनि एकै पटकमा तोकिए बमोजिम आफूलाई चाहिने सामान एकैपटक ल्याउन पर्छ ।
कोरोनाको सङ्मणबाट बच्न कोठाभित्रै बस्न आफू र अरुका लागि पनि जरुरी छ भनेर बुझ्न पर्छ । यो संसारभरी नै फैलिएकाले सतर्कता अपनाउन जरुरी छ । 

दूतावासकाे सुचना हेर्नुहाेस्

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया