आजदेखि देश लकडाउन, घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन

 चैत ११, २०७६ मंगलबार ६:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ । 

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो । 

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । 

सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।

सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • Ishwor Acharya

    March 24, 2020, 6:50 a.m.

    लाटा - सोझा नेपाली हरूको रगत चुसेर धाडिएका किर्ना हरु लाइपो ७ दिन होइन ७ पुस्ता पनि घरमै बसेर पुग्ला तर २ बर्से बच्चाले भोक लाग्यो बाउ भन्दा कुटो बोकेर जंगल तिर जानुपर्ने वाध्यता भएको नेपाली, बीमारी ले जीर्ण परेको बुढा ले तातोपानी माग्दा गाग्रो बोकेर १ घण्टा उकालो ओरालो हिँड्नुपर्ने बाध्य नेपाली हरुलाई भेटेर शोधन एकहप्ता घर भित्रै बस्नुसक्छौं भनेर। खान नपाएर राजनीति गरेका अनि दलाली, लुट, भ्रष्टाचारी, घुस खोरी, चोरी, डकैती, बेइमानी गरेर सयौं पुस्ता लाइ पुग्ने अकुत सम्पति थुपारेका सरकारका नाइके र तिनीहरूका पनि दलाल हरु ले ठड्याका ठूला ठूला महल हरुमा त बर्सौँ पनि बिताउन गारो छोइन नै तर बुकुरा र छाप्रा मा बस्ने करोडौँ नेपाली र त्यो पनि नसिवमा नभएका लाखौं घरबार बिहिन नेपाली हरुलाई के सम्भव होला त? अरे नियम हरु त्यस्तो बनाऊ जो लागू गर्न पनि गाह्रो नहोस् अनि सफल भइयोस्, सस्तो लोकप्रियताको लोभ मा क्षणीक भ्युजको लागि बाङ्गो त्याँगो हेडलाइन बनाएर असम्भव समाचार सम्प्रेक्षेन् गर्ने दलाल पत्रूकार हरु ले पनि सोच्न जरुरी हुन्छ। हुन त म पनि भाषण ठोक्ने नेता होइन सकेसम्म सुरक्षित रहनु पर्छ भन्ने भावना जान्ने बुझ्ने सबै नेपाली मा होला तर के यो lockdown को पूर्व तयारी सबै नेपाली जनता हरु ले गर्न सकेका छन् त?

  •  0 Reply

तपाईको प्रतिक्रिया