कोरोना भाइरस : पाकिस्तानमा युवा चिकित्सकको ज्यान गयो

 चैत ११, २०७६ मंगलबार ६:५३:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण पाकिस्तानमा युवा चिकित्सकको ज्यान गएको छ । 

कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक ओसामा रियाजको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी विशेषगरी कोरोना प्रभावित इरानबाट आएका नागरिकको उपचारमा संलग्न थिए । यस्तै आइसोलेशनमा राखिएका बिरामीके उपचारमा पनि उनी सरिक थिए । 

राति सामान्य अवस्थामा सुतेका डाक्टर रियाज बिहान अचेत भेटिएपछि प्रान्तको मुख्यालय अस्पताल पु¥याइएको थियो । त्यहाँ ¥यालको नमुना परीक्षण गर्दा उनमा कोरोनाको संक्रमण भएको थाहा भएको थियो । 

त्यसमा शङ्का लागेर फेरि नमुना परीक्षण गर्दा कोरोना भएको पुष्टि भएको प्रान्तीय अस्पतालले जनाएको छ । भ्यान्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । 
 
योसँगै पाकिस्तानमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया