हावाको प्रदूषण : काठमाण्डौ ग्रीन जोन

 चैत १२, २०७६ बुधबार ७:४८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा हावाको प्रदूषण ग्रीन जोन अर्थात मानवीय बसोवासका लागि उपयुक्त अवस्थामा पुगेको छ ।

आज बिहान काठमाण्डौ उपत्यकाका सबै प्रदूषण मापन केन्द्रहरुले हरियो चिह्न अर्थात बसोवासका लागि उपयुक्त देखाएका छन् । हावाको प्रदूषणको मात्रा मापन सूचकाङ्क अक्वा ५० भन्दा तल देखिएमा प्रदूषण मापन स्टेशनहरुले हरियो चिह्न देखाउँछन् जुन मानिसको बसोवासका लागि उपयुक्त मानिन्छ ।

अक्वा एक सयसम्मलाई पहेँलो रङ देखाएर बस्नको लागि ठिकै अवस्थाको संकेत गर्छ । अक्वा १५० सम्म बैजनी रङ देखाएर समस्याको संकेत गर्छ भने १५० भन्दा माथी रातो रङ देखाएर जोखिमपूर्णको संकेत गर्ने वातारण विभागका उपमहानिर्देशक एवम् प्रवक्ता इन्दुविक्रम जोशीले बताउनुभयो । 

विश्व स्वास्थ्य संगठनले बसोवासका लागि हावामा प्रदूषणको अन्तराष्ट्रिय मापदण्ड अक्वा २५ तोकेको छ भने नेपालले ४० मा सीमित राख्ने लक्ष्य लिएको प्रवक्ता जोशीले बताउनुभयो । 

अहिले रत्नपार्कको सूचकाङ्क अक्वा ४५ रहेको छ । एक महिनाअघि रत्नपार्कको अक्वा १६६ पुगेको थियो । काठमाण्डौ उपत्यकाको वायु प्रदूषणको मुख्य कारण यातयातका साधनले फ्याँक्ने धुवाँ रहेको प्रवक्ता जोशीले बताउनुभयो ।

 हिजो सीमितबाहेक गाडी नचलेका कारण आज बिहान सबै प्रदूषण मापन केन्द्रहरुले हरियो चिह्न  देखाएका हुन् ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

3 Comments

  • Rabi Shrestha

    March 26, 2020, 1:06 p.m.

    बास्तबमा मान्छेहरु नै सबैभन्दा ठुलो भाईरस हुन, मान्छेहरु नै यो सन्सार बस्न अयोग्य बनाउदै छ ।

  •  0 Reply
  • Balkrishna Bhandari

    March 26, 2020, 11:30 a.m.

    सायद कोरोना भाइरसको उद्धेस्य मानब जाति लाई केहि ज्ञान दिनु पनि हो l येस बाट हामीले सिक्नुपर्छ l

  •  0 Reply
  • shailendra bangshi

    March 25, 2020, 9:08 a.m.

    बन जङ्गल जोगाउ रुख रोपौ ।पेट्रोल डिजेल को सवरिलाइ हटाइ बिद्धुतिय सवारी प्रयोग गरौ

  •  0 Reply

तपाईको प्रतिक्रिया