म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् : प्रधानमन्त्री ओली

 चैत १२, २०७६ बुधबार १७:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । 

सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्काे सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।’ 

सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गएको मङ्गलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

अन्तिम अपडेट: चैत १२, २०८०

3 Comments

  • Ram

    March 26, 2020, 8:21 a.m.

    हजुरको पो सबै कुरा घरमै आइपुग्छ हाम्रो त्यस्तो हुँदैन ग्यासको लागि सिलिन्डर छोडेको १० दिन भइसक्यो आइले सम्म पाको छैन चामल पाउन छोडी सक्यो अनि अर्को कुरो पैसो छैन गोजीमा महंगो मा किन्न अनि कसरी घर भित्र मात्र बस्ने हजुर आफै भन्नुस् अनि कसले बुझ्ने हाम्रो यस्तो सम्मस्या नेपालको सरकार त जनताको लागि कहिले केई राम्रो गर्दैन आफ्नो र आफन्तका लागि मात्र गर्छन् जय होस नेपाल सरकारको

  •  0 Reply
  • Ramesh Shrestha

    March 26, 2020, 12:36 a.m.

    सरकार हामी बेरोजगारले काम गर्न नपाउँदा घरभाडा तिर्न गाह्रो भो , कृपया यातातिर पनि ध्यान पुगोस् /

  •  0 Reply
  • Roshan Yadav

    March 25, 2020, 11:31 p.m.

    सरकारले घरमा मात्र बस भन्छ , खानेकुरा छैन/ छिनमा डेटोल सकिन्छ, छिनमा मास्क ...कतिदिन सम्म यसरी बस्न सकिएला र ? घरबेटीले भाँडा माग्छ , अफिसवाट तलब आउंदैन , खान पुग्दैन अनि घर जान मिल्दैन ....जेसुकै होस् तर कोरोना भाइरसले हामीलाई एक हुनुपर्छ भनेर शन्देश दिएको महशुश भयो / हुनत यो नराम्रो कुरा हो, तर हामी सबै आफ्नो घरमा छौं / देशको सीमाना बन्द गरेर देशलाई सुरक्षित तरिकामा राख्न सकिन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया