तीन दिनभित्र औषधि र उपकरण काठमाण्डौ आउँछ : मन्त्री ढकाल

 चैत १२, २०७६ बुधबार २१:१३:९ | रासस
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ९कोभिड–१९०को रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधी र उपकरण तीन दिनभित्र ल्याउने बताउनुभएको छ ।

पत्रकार सम्मेलनमा आज उहाँले बोलपत्रमार्फत आवश्यक सामग्री तत्काल ल्याउने गरी काम थालिएको जानकारी दिँदै औषधी तथा स्वास्थ्य सामग्री ल्याउने गरी बुधबारै अन्तिम टुङ्गो लगाउने  बताउनुभयो । 

ल्याइएका सामग्रीलाई प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याइने उहाँले जानकारी दिनुभयो । मन्त्रीका अनुसार ती सामग्री पु¥याउनका लागि मन्त्रालयले संयोजकमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालय सहितको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीमार्फत पुर्याइने तयारी गरिएको छ । उहाँले सामग्री काठमाडौँ आइपुग्नासाथ प्रदेश, जिल्ला र प्रभावित ठाउँमा पुर्याउने बताउनुभयो । 

मन्त्री ढकालले आजदेखि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको नमुना परीक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो । उहाँले कोभिड–१९ को परीक्षण गर्न सातवटै प्रदेशमा प्रयोगशाला विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

यसअघि सरकारले पूर्वमा विराटनगर र पश्चिम नेपालगञ्जबाट कोभिड–१९ को नमुना परीक्षण संकलन गरी दिनको एकपटक हवाईजहाजबाट र तीन–चार घण्टा दुरी टाढा रहेका ठाउँबाट नमुना संकलन गरेर एम्बुलेन्सको माध्यमबाट काठमाण्डौ ल्याउने गरिएको थियो । 

उहाँले कतिपय व्यक्तिले लकडाउनले विगतको हडतालजस्तै मानेर निश्चित समय ५ बजेपछि खुल्छ भन्ने भ्रममा नपर्न सबैलाई अनुरोध समेत गर्नुभयो । “यो रोग कुनै समयसिमाभित्र नआउने भन्ने निक्र्योल छैन । हामी सबै समयमा सावधान रहनुपर्छ”, उहाँले भन्नुभयो, ‘खाद्य पदार्थ, औषधीजन्य पदार्थ किन्नका लागि थप व्यवस्थित कसरी बनाउने भन्नेमा हामी विचार गर्दैछौँ । सङ्कट थपिँदै जाँदा, अभाव बढ्दै जाने भएकाले राज्यले त्यसको उपयुक्त निकास दिने  ।’

दैनिक उपयोग्य वस्तु सिमित ठाउँमा पुर्याउन राति २ देखि ५ बजेसम्म समय तोक्ने हो भने भिडभाडबाट बच्न सकिने उहाँको भनाइ थियो । औषधी र उपकरण अभाव रहेका ठाउँमा सरकारसँग उपलब्ध गरेको सामग्री पठाउने तयारी गरेको उहाँको भनाइ छ ।

‘सीमित साधन हामीसँग अहिले पनि सुरक्षित रहेको छ । व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायतका सामग्री हामीले आफैँँले पनि उत्पादन गर्न थालेका छौँ’, उहाँले भन्नुभयो, ‘अब सामग्रीको अभाव नहुने भएकोले आवश्यकता अनुसार अस्पतालमा पठाउँछौँ ।’

कोरोना भाइरसको परीक्षण गर्ने र निर्क्योल गर्नेसम्मको काम टेकु अस्पतालले गर्नेगरी माध्यम अस्पलालको रुपमा राखी त्यहाँबाट पाटन अस्पतालमा बिरामी पठाइने व्यवस्था समेत गरिएको उहाँले जानकारी दिनुभयो ।

महामारीको युद्धमा सरकार रहेको बताउँदै मन्त्री ढकालको संयोजकत्वमा अनुगमन समिति र सचिवको नेतृत्वमा रहेको कार्यनिर्देशित समिति गठन गरिएको जानकारी दिनुभयो । 

मन्त्री ढकालले आज फेरि गत चैत ६ गते कतारबाट नेपाल आएका धादिङका ३२ वर्षीया एक पुरुषमा ‘पोजेटिभ’ भेटिएको जानकारी दिनुभयो । उहाँले बिसँग बसेका र सँगै आएकाको खोजतलास गरी क्वारेन्टाइनमा राखेर परीक्षण गराउन आफूहरु जुटेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Dhiraj Kumar sah

    March 25, 2020, 9:47 p.m.

    3 दिन भित्रमा औषधी आउछ , भन्नलाई लाज लागदैन मंत्रि जी । बरु आफ़नो देश मै औषधी उत्पादन गर्नु पर्ने हो की तर के गर्नु, कस्ले गर्ला ? हो नी । आफनो खलती भरनु भन्दा राम्रो ल्याब बनाको भए र डक्टर तथा scientsist लाई उचित पारिश्रमिक दियेको भाए यो दिन र यो शब्द बोलने दिन आऊदैन थियो सायद ।

  •  0 Reply

तपाईको प्रतिक्रिया