अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – गएको मङ्गलबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ घट्न थालेको छ ।
बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।
मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । बिहीबार त्यसमा पनि ११ पैसाले घटेको हो ।
आज अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।