काठमाण्डौमा १० वटा ट्याङ्करले कीटनाशक औषधि छर्कँदै (फोटोफिचर)

 चैत १३, २०७६ बिहिबार ११:१४:२६ | उज्यालो सहकर्मी

काठमाण्डौ – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् ।

तीनवटामध्ये एउटा बबरमहल—बानेश्वर—तीनकुने—सिनामङ्गल क्षेत्रमा खटिएको थियो भने अर्को जमल—लाजिम्पाट—पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो ।

नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।

४० हजार लिटर पानीमा एक सय ४० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किने बिहीबारको योजना रहेको नायव उपरीक्षक सापकोटाको भनाइ छ । बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई शहरभरि पुर्‍याउने रणनीतिका आधारमा काम भइरहेको उहाँको भनाइ छ ।

बुधबार वीर अस्पताल, टेकु अस्पताल सहित भित्रि शहरका असन, इन्द्रचोकसँगै कालीमाटी तरकारी बजारलगायतका स्थानमा कीटनाशक औषधी छर्किएको थियो । यससँगै ब्रुमरको प्रयोगले सडक सफा गर्ने र पानीले पखाल्ने काम पनि भइरहेको छ।

अन्तिम अपडेट: चैत ११, २०८०

3 Comments

  • Suren

    March 26, 2020, 11:22 p.m.

    जय होस् सरकार यो काम को लागि तर काठमाडौं उपत्यकामा मात्र नभई अन्य स्थानमा पनि गर्नुभयो भने अझै राम्रो हुन्छ कि § ध्यान बनोस्

  •  0 Reply
  • Bimal

    March 26, 2020, 3:56 p.m.

    कीटनाशक विषाधि होला कुनै पनि सूक्ष्म जीवाणु मार्न औषधि त निको (सन्चो) गर्ने हो। भाइरसलाई किट=किरा मार्ने विषाधि केहि प्रभाव गर्दैन अनावश्यक वायु प्रदूषण मात्रै हो

  •  0 Reply
  • तोया नाथ जोशी

    March 26, 2020, 12:34 p.m.

    ट्याङ्करले कीटनाशक औषधि छर्कँदै भन्ने शीर्षक ले मेरो ध्यानाकर्षण भयो ।म पेशाले कृषि प्राबिधिक हो । तसर्थ, यो भाइरस हरु किरा बर्गमा पर्दैनन् र किट्नासक विषादी भन्न मिल्दैन । विषादी औसधि पनि होइनन बिष नै हुन/

  •  0 Reply

तपाईको प्रतिक्रिया