मेस्सीभन्दा रोनाल्डो उत्कृष्ट खेलाडी हुन् तर म सर्वकालीन महान् खेलाडी हुँ: पेले

 चैत १३, २०७६ बिहिबार १२:३८:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ब्राजिलका लेजेन्ड्री खेलाडी पेलेले क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन् । विश्व फुटबलमा लामो समयदेखि चल्दै आएको रोनाल्डो र मेस्सीमा को उत्कृष्ट भन्ने प्रश्नको जवाफ दिँदै पेलेले रोनाल्डो मेस्सीभन्दा उत्कृष्ट रहेको बताए ।

कोरोना भाइरसका कारण घरमै ‘लकडाउन’ भएर बसिरहेका पेलेले अहिलेको अवस्थामा रोनाल्डो सर्वोत्कृष्ट खेलाडी रहेको बताए । साथै पेलेले मेस्सीलाई पनि कम नआँक्न सुझाव दिएका छन् । रोनाल्डो एकनासको खेलाडी भएकोले मेस्सीभन्दा उत्कृष्ट खेलाडी रहेमो पेलेको भनाइ छ ।

पेलेले मेस्सीलाई पनि अहिलेको अवस्थाका उत्कृष्ट खेलाडी भएको बताए । उनले अहिले खेलाडीको ‘भ्यालु’ आफ्नो पालामा भन्दा धेरै रहेको बताए । तर अहिलेका खेलाडीभन्दा आफ्नो पालाका खेलाडीहरु उत्कृष्ट रहेको पेलेले बताए । साथै उनले रोनाल्डो र मेस्सीलाई आफूसँग तुलना गरिने गरेको तर उनीहरुभन्दा आफू उत्कृष्ट रहेको धारणा राखे ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया