गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ - ‘लकडाउन’को समयको सदूपयोग गर्दै भर्चुअल ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गरेको हो ।
‘कोभिड–१९ को महामारीले गर्दा अक हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुने महोत्सव निर्देशक केदार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अब घरमै बसेर नाटक हेर्न सकिनेछ र दर्शकले फेसबुकमानै प्रतिक्रिया दिन सक्नेछन् ।
हरेक बेलुकी ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट एउटा नाटक देखाइनेछ ।
श्रेष्ठले ‘क्वरेण्टीनमा अभियान नाट्य उत्सव’ मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गर्नुभएको छ । महोत्सवलाई ‘ क्वरेण्टीन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ ।
विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चका दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ ।