अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा धेरै

 चैत १४, २०७६ शुक्रबार ६:७:५३ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – अमेरिकामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै भएको छ । गएको २४ घण्टामा १५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएसँगै अमेरिकामा सङ्क्रमितको सङ्ख्या चीनमा भन्दा धेरै भएको हो । 

अमेरिकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८२ हजार चार सय चार पुगेको र एक हजारभन्दा धेरैको ज्यान गएको जोन हप्किन्स् विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका अनुसार चीनमा ८१ हजार सात सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने इटलीमा ८० हजार पाँच सय ८९ जना सङ्क्रमित भेटिएका छन् । 

तर वल्डोमिटरर्सका अनुसार अमेरिकामा ८३ हजार ६ सय ७२ र चीनमा ८१ हजार दुई सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

अहिलेसम्म विश्वका एक सय ९९ देश र एउटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण पाँच लाख २९ हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक लाख २३ हजार तीन सय ८० जना उपचारपछि निको भएका छन् भने तीन लाख ८२ हजार दुई सय ५८ जनाको उपचार भइरहेको छ । २३ हजार ९ सय ७६ जनाको ज्यान गएको छ । 

सबैभन्दा धेरै इटलीमा आठ हजार दुई सय १५ जना, स्पेनमा चार हजार तीन सय ६५ जना र चीनमा तीन हजार दुई सय ८७ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गइसकेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया