'आईएमई पे' ले ल्यायो चार गुणा सशक्त योजना

 चैत १४, २०७६ शुक्रबार १९:१५:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - ‘आईएमई पे’ ले मोबाइल वालेट एप ‘आईएमई पे’ मार्फत ‘चार गुणा सशक्त’ नामको नयाँ योजना ल्याएको छ । 

वालेटको ब्यालेन्सको योजनाअनुसार आईएमई पे सुपर वालेट प्रयोग गर्ने सेवाग्राहीले वालेटको ब्यालेन्समा त्रैमासिक रुपमा भुक्तानी हुने गरी ४ प्रतिशत ब्याज पाउने भएका छन् । 

आईएमई पेले बैंकबाट वा बैंकमा रकम ट्रान्सफर गर्दा कुनै शुल्क नलाग्ने अफर ल्याएको छ । आईएमई पे वालेट प्रयोग गरिराखेका सेवाग्राहीहरुले यो सुविधाका लागि सुपरवालेटमा अपग्रेड गर्न एपबाट नै आवेदन दिन सक्ने छन् । 

यस्तै आईएमई पेले टप–अप अर्थात मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याकको सुविधा दिने भएको छ ।  आईएमई पे वालेट प्रयोग गरी नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलमा रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आईएमई पेले थप ५ प्रतिशत क्यासब्याक प्रदान गर्ने भएको छ ।   

५०० रिवार्ड पोइन्टस्को सुविधा अनुसार कुनै पनि आईएमई पे वालेट प्रयोगकर्ताले अरु कसैलाई आईएमई पे वालेट डाउनलोड़ गर्न आमन्त्रण गर्दा ५०० रिवार्ड पोइन्ट दुवै जनाले पाउने छन् । 

सजिलो, भरपर्दो र छरितो क्यास आउटको सुविधा अन्तर्गत डिजिटल भुक्तानी र मनी ट्रान्सफर गरी सेवाग्राहीले अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न सक्ने छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया