फुटबलकाे अर्थतन्त्र जाेगाउन अन्तर्राष्ट्रिय स्तरमा छलफल

 चैत १५, २०७६ शनिबार १०:४२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा सहित फुटबलका विभिन्न निकायका पदाधिकारीबीच फुटबल र त्यसको अर्थतन्त्र जोगाउने विषयमा छलफल भएको छ ।

विश्वब्यापी संकटकाबीच फिफा, युरोपियन क्लब एसोसियसन र खेलाडीहरुको संस्था फिफ्प्रोका पदाधिकारीबीच कोरोना भाइरसका संक्रमण र त्यसले बढाएको त्रासका कारण ठप्प भएको फुटबल गतिविधिलाई जोगाइराख्न खेलाडीको पारिश्रमिक घटाउने लगायत विषयमा छलफल भएको हो ।

फिफाले एक हप्ताभित्र यसबारेमा निर्णय गर्नेछ । यस्तै खेलाडीको सम्झौताका बारेमा पनि निर्णय हुनेछ । क्लबले खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गर्ने अवस्था नभएको तथा क्लबका लागि लगानी भित्र्याउने अवस्था पनि नभउकाले यसअघि कै श्रोतबाट संचालन हुनुपर्ने अवस्थामा नयाँ विकल्पहरुबारे छलफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फुटबल अर्थतन्त्रमा संलग्न पक्षहरु, फिफा, खेलाडी, प्रशारणकर्ता, प्रायोजक सबैलाई लगानीका लागि केही समय लाग्नेछ । अहिलेको सिजनको अन्त्य कहिले हुन्छ भन्ने पनि टुँगो लागिनसकेको अवस्थामा समस्याको समाधान कसरि निकाल्ने भन्नेमा सवैको ध्यान केन्द्रित भएको हो ।

खेलाडी तथा प्रशिक्षकहरुसँगको सम्झौता पनि यो सिजनको अन्त्य सम्मका लागि बढाइएको छ । यस्तै टान्सफर मार्केटको समय पनि लम्बिन सक्नेछ । सिजनको अन्त्य भएपछि अर्को जनवरीसम्म नै टान्सफर माकेर्ट चल्ने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसले सिर्जना गरेको यो परिस्थितीमा राष्टिय टिमका लागि खेलाडी रिलिज गर्न क्लबहरुलाई पनि अनिवार्य गरिएको छैन । तर, एन्टि डोपिङ परीक्षणमा भने क्लबले बोलाएको अवस्थामा खेलाडी उपस्थित हुनुपर्नेछ ।

फिफाले – एक पक्षिय बर्खास्ती, क्लबले खेलाडीलाई पारीश्रमिक नदिएको, विना कारण टिम छोडेर अर्को देश जाने खेलाडी, खेलाडीले आफ्नो कामको रिपोर्टिङ नगरेमा, क्लबले आफ्ना खेलाडीको स्वास्थ्यका बारेमा ख्याल नगरेको, राष्ट्रियताको आधारमा खेलाडीलाई भेदभाव गरेको, लोनमा पठाएका खेलाडीलाई फिर्ता लिन नमानेको लगायत अवस्थाबारेमा कडाई र्ने भएको छ ।

तर, खेल भएको दिनमा मात्र काम गर्ने अस्थाई कर्मचारी निकाल्न भने क्लबहरुलाई छुट दिइएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया