'लकडाउन' को समयमा समूह बनाएर प्रार्थना गराउने दुई जना पास्टर पक्राउ

 चैत १५, २०७६ शनिबार १९:१३:५९ | मुना हमाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा ‘लकडाउन’को समयमा चर्चमा मानिसहरु जम्मा गरेर प्रार्थना गराउने दुई जना पास्टर पक्राउ परेका छन् । 

‘लकडाउन’को उल्लघङ्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका १३ करेखोलामा रहेको कृष्ट मण्डली चर्चका पास्टर प्रेम विक र वीरेन्द्रनगर नगरपालिका ८ मा रहरेको निस्सी एजी चर्चका पास्टर मोहन गुरुङलाई पक्राउ गरेको हो । 
    
प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले २५/३० जनाको समूह बनाएर उनीहरुले चर्चमा प्रार्थना गराउन लागेका थिए । प्रार्थना गर्ने अरु व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन ।

उहाँले भन्नुभयो, ‘सरकारले ‘लकडाउन’ गरेको गरेको छ । घरबाहिर ननिस्कन र एकै ठाउँमा जम्मा भएर नबस्न भन्दा भन्दै पनि उल्लङ्घन भइरहेको छ । आदेश उल्लघङ्न गरेपछि अरुलाई सम्झाएर छोडेको र पास्टरलाई पक्राउ गरेका हौँ ।’ 

यस्तै प्रहरीले सुर्खेतमा ‘लकडाउन’ उल्लङ्घन गरेर चलाइएका १५ वटा गाडीलाई नियन्त्रणमा लिएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया