प्रदेश ५ मा २९ जना आइसोलेसनमा, ५ सय जना क्वरेण्टीनमा

 चैत १६, २०७६ आइतबार १२:३७:४ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही–कोेरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ मा ५ सय जनाभन्दा बढीलाई क्वरेण्टीनमा राखिएको प्रदेश प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीकाअनुसार रुपन्देहीमा ५२ जनासहित प्रदेशभित्र ५ सय जनाभन्दा बढीलाई क्वरेण्टीनमा राखिएको हो । 

यस्तै प्रदेशभित्र २९ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रदेशका १२ जिल्लामा १ सय ९० स्थानमा क्वरेण्टीन बनाइएको छ । ति क्वरेण्टीनमा २ हजार ३ सय शैय्या रहेका छन् ।

प्रदेशमा सबैभन्दा बढी रुपन्देहीका १६ स्थानीय तहमा ३ सय ५४ शैय्या रहेका छन् । प्रदेशमा अधिकांश क्वरेण्टीन विद्यालय भवनमा बनाइएका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नवलपरासीमा १४ , पाल्पामा २३, अर्घाखाँचीमा ३४, प्युठानमा १६, बर्दियामा १९ र कपिलवस्तुमा १६ स्थानमा क्वरेण्टीन बनाइएको छ । 

त्यस्तै गुल्मीमा २६, बाँकेमा ८, दाङमा १६, रोल्पामा १ तथा रुकुम पूर्वमा २ स्थानमा क्वरेण्टीन तयार भएका छन् । क्वरेण्टीनमा भारतसहित तेस्रो मुलुकबाट आएका नेपाली तथा अन्य देशका शंकास्पद नागरिकलाई राखिएका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया