मोरङमा अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन, र्यालीलगायतमा...
बैशाख ६, २०८१ बिहिबार
बाँके - बाँकेमा नमुना संकलन भएका सबै ६ जनाको कोरोना ( कोभिड १९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ रहेको भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिनुभयो ।
पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरी ६ जनाको नमुना संकलन गरी परीक्षणका लागि काडमाण्डौ पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो । चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया युवतीमा कोरोना भएको पुष्टि भएपछि उनीसँगै आएका बाँकेका चारजनाको पहिचान गरि चैत १२ देखि क्वरेण्टीनमा राखिएको थियो ।