डलरकाे भाउ बढ्याे

 चैत १७, २०७६ सोमबार ९:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएको हप्ता केही ओरालो लागेको डलरको भाउ साेमबार फेरि थोरै बढेको छ ।

साेमबार ८ पैसा बढेर अमेरिकी डलर १ को  बिक्रीदर एक सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर एक सय १९ रुपैयाँ ४८ पैसा थियो ।

गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया