अमेरिकी नागरिक लैजान चार्टर्ड जहाज नेपाल आउँदै

 चैत १७, २०७६ सोमबार १३:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफ्ना नागरिक लैजान अमेरिकाले जहाज चार्टर्ड गरेको छ । नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार चार्टर्ड गरेको कतार एअरवेजको जहाज ३१ मार्च अर्थात् मङ्गलबार नेपाल आउनेछ । 

नेपालबाट उडानको समय १२ बजेलाई तय गरिएको छ ।  कतार एअरवेजको जहाज काठमाण्डौबाट दोहा हुँदै अमेरिकाको डल्लास एअरपोर्ट पुग्नेछ । 
आफ्ना नागरिक लैजान अर्को चार्टर्ड उडानको पनि तयारी रहेको अमेरिकी दूतावासले जनाएको छ । 

यस्तै नेपालका विभिन्न स्थानमा रहेका अमेरिकी नागरिकलाई नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाण्डौ ल्याउने काम भइरहेको पनि दूतावासले जनाएको छ । 

यसअघि युरोपेली देशले पनि कतार एअरवेजमार्फत आफ्ना नागरिक स्वदेश लगिसकेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया