सात वटै प्रदेशमा पुग्यो कोभिड-१९ नियन्त्रण गर्न चाहिने सामग्री

 चैत १७, २०७६ सोमबार १४:४४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कोभिड-१९ नियन्त्रण गर्न चीनबाट ल्याएको सामग्री सात वटै प्रदेशमा वितरण गर्न सुरु गरेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठकाअनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टरमार्फत सामग्री पुगिसकेको छ । यही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सामान लैजाँदै छ ।

कर्णाली र सुदूरपश्चिमबाहेक हेलिकप्टरमार्फत विराटनगरमा पनि सामान गइसकेको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशमा पनि स्थलमार्ग भएर सामान लिएर गाडी छुटिसकेका छन्  ।

सरकारले सातै प्रदेशमा ल्याब सञ्चालन गरेर त्यही कोभिड–१९ को परीक्षण गर्ने तयारी गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालका ल्याब स्तरवृद्धि गरी सञ्चालन सम्भाव्यताको लागि ल्याब विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया