टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय

 चैत १७, २०७६ सोमबार २१:२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको कारण एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक खेलकुदको नयाँ मिति तय भएको छ ।

जापानको न्युज एजेन्सी क्योदो न्युजले विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुने मिति तय भएको जनाएको छ ।

जापानले तय गरेको नयाँ मितिमा अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटि समेत सहमत भएको छ ।यस अघि टोकियो ओलम्पिक जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो । तर, कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि ओलम्पिक प्रतियोगिता एक वर्ष सारिएको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया