मलेसियामा भिसा सकियो ? बिहीबारसम्ममा दूतावासलाई जानकारी गराउनुहोस्

 चैत १८, २०७६ मंगलबार १७:५४:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा भिसा अवधि सकिएका नेपाली श्रमिकले आउँदो बिहीबारसम्म जानकारी गराउन मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल फर्कन नपाएका र भिसा सकिएका नेपाली नागरिकले दूतावासमा अप्रिल २ अर्थात स्थानीय समय अनुसार बिहीबार दिउँसो १ बजेसम्म जानकारी गराउन दूतावासले भनेको छ ।

जानकारीका लागि अनलाइमार्फत पनि आवेदन भर्न सकिने दूतावासले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

अनलाइन आवेदन लागि यहाँ क्लिक गर्नुहाेस्

साथै, मलेसियामा रहेको नेपाली दूतावासमा eonkualalumpur@@mofa.gov.np समेत विवरण पठाउन सकिने दूतावासले जनाएको छ ।

अनलाइनमार्फत आवेदन भर्न नसक्नेले ६०१६२४७२७७७ मा ह्वाट्स्एअप मार्फत आफ्नो विवरण पठाउन सकिन्छ । पासपोर्टमा उल्लेख भएको आफ्नो नाम, पासपोर्ट नम्बर, मोबाइल नम्बर, मलेसियन भिसाको किसिम र मलेसियामा कार्यरत भए कम्पनीको नाम र फोन नम्बरसहित लेखी पठाउनु पर्नेछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया