त्रिभुवन विश्वविद्यालयमा हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति...
चैत १६, २०८० शुक्रबार
बारा – भारतमा भएको मुस्लिम समुदायको तब्लीगी जमातमा सहभागी भएर फर्किँदै गरेका ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरी क्वरेण्टीनमा पठाएको छ ।
भारतको आदापुर नजिकैको घोडासाहन नाकाबाट खेतको आली हुँदै लुकेर आउँदै गरेका सप्तरीका नौ जनालाई पक्राउ गरी कलैया अस्पतालको क्वरेण्टीनमा प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले बताउनुभयो । सप्तरीको महादेवाका दुई जना, कञ्चनस्वरुपका तीन जना र कृष्ण सरोवरका चार जना गरी ९ जनालाई नियन्त्रणमा लिएर क्वरेण्टीनमा राखिएको प्रहरीले जनाएको छ ।
उनीहरू गएको ४० दिनदेखि भारतको विभिन्न ठाउँमा भएको धार्मिक सभामा सहभागी भएर लकडाउनको समयमा लुकेर नेपाल फर्किंदै थिए ।
यससँगै बारामा ७३ जनालाई क्वरेण्टीनमा राखिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।