कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – भारतमा दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढिरहेका छन् । नयाँ दिल्लीमा यसको सङ्ख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ । यही कारण भारतको नयाँ दिल्लीमा रहेको लोकनायक जयप्रकाश र जीबी पन्त अस्पताललाई कोरोना भााइरसको उपचार गर्ने डेडिकेटेड अस्पतालका रुपमा स्थापना गरिएको छ ।
आउँदो सोमबारदेखि ती अस्पतालमा कोरोनाका बिरामीको मात्र उपचार गर्ने गरी व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका ५न् ।
अरु अस्पतालमा बिरामी लैजाँदा उनीहरुबाट अन्य बिरामीहरुलाई पनि सर्ने भएकोले कोरोना भाइरसका मात्र बिरामीको उपचार गर्ने गरी ती अस्ताल स्थापना गर्न लागिएको बताइएको हो ।
यी दुई अस्पतालमा एकै पटक दुई हजार जनाको उपाचार गर्न मिल्ने गरी पूर्वाधार बनाइएको छ । साथै एलएनजेपी अस्पताललाई कोभिड १९ व्यवस्थापन केन्द्रका रुपमा पनि विकास गरिने सरकारले जनाएको छ । अस्पतालका निर्देशक डा जेशी पसाईले मेडिकल सामग्रीहरुको आपूर्ति र अरु व्यवस्थापकीय काममा कुनै पनि ढिलाइ नगरि उपचारको कामलाई अघि बढाइने बताए ।
उनले यी दुई अस्पताललाई नै डेडिकेटेड अस्पतालका रुपमा विकास गरिएकोले अब उपचार र कोभिड १९ सम्बन्धी अन्य व्यवस्थापनका लागि पनि सजिलो हुने बताए ।
हाल यो अस्पतालमा दुई सय ९० जना बिरामी रहेकामा कोेरोना भाइरसका मात्र एक सय १० जना बिरामी उपचाररत रहेका छन् ।
त्यसैगरी निर्देशक पसाईले झण्डै अरु दुई सय जना बिरामीको नमुना जाँचका लागि अन्यत्रै पठाइएकोमा उनीहरुको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए ।
आउँदो सोमबारदेखि कोभिडका स्वाबहरुको पनि यही अस्पतालमा नै परीक्षण गरिने उनले बताए ।
भारतमा पछिल्लो समय कोरोना भाइरसका बिरामी बढ्दै गएको बताइएको छ । अहिलेसम्म भारतमा झण्डै दुई हजार ९ सय जना सङ्क्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन सय ५५ जना नयाँ सङ्क्रमित भेटिएको पनि भारत सरकारले जनाएको छ । अहिले भारतभर लकडाउनको नीति लिइएको छ ।