लक डाउन : एचआइभी संक्रमितलाई असर

 चैत २४, २०७६ सोमबार १७:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको लक डाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ । 

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लक डाउनलाई थप कडाइ गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआईभी संक्रमितहरुलाई असर परेको हो । औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाइ गरेपछि समस्या भएको हो ।

राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पु¥याएर सहजता प्रदान गरे पनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो ।

अहिले एचआईभी संग सम्बन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधी पुर्याउन थाले पनि एक स्थानीय निकायदेखि अर्कोमा जान बन्द गर्ने निर्णयसँगै भने समस्या आउनसक्ने उहाँको भनाइ छ ।

एआरटी लिनेको संख्या हाल देशभर १८ हजार ५ सय ५५ जना रहेको छ । समाजमा विद्यमान कुरीति, कुप्रथा एवं सामाजिमा ब्याप्त पुरानो विचारधारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्लाभन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधी लिनेहरुमा समस्या देखिको छ ।

यद्यपि महासंघले आपसी समन्वयमा सम्बन्धित जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरी तत्काल समस्या समाधान गरिहेको छ ।

एचआईभी संक्रमितले लिँदै आएको औषधी एआरटीको स्टक दुई महिनाको लागि मात्र रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुनसक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।

काठमाण्डौको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि lलिँदै आएका छन् । ठूलो संख्यामा औषधी लिने एकै मात्र एआरटी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधी लिनेहरुको घर घर औषधी पुर्याउने काम भइरहेको छ ।

हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिँदै आएका छन् । यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।

फोटो : राष्ट्रिय एचआईभी एड्स महासंघ

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया