मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवद्वारा मन्त्रिपरिषद् बिस्तार
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ - ज्योति समूहको स्याकार ट्रेडिङ कम्पनीले सरकारलाई १० थान ब्याकप्याक स्प्रे सहयोग गरेको छ ।
विभिन्न ठाउँबाट हुन सक्ने सङ्क्रमणबाट रोक्नका लागि ब्याकप्याक स्प्रेको प्रयोग उपयोगी हुने भएकाले होण्डाको ब्याकप्याक स्प्रे १० थान उपलब्ध गराएको ज्योति सममूहका निर्देशक सौरभ ज्योतिले बताउनुभयो ।
स्याकार ट्रेडिङका अध्यक्ष समेत रहनुभएका ज्योतिले ब्याकप्याकभित्र सोडियम हाइपोक्लोराइड राखेर घर, कार्यालय, विद्यालय लगायत मानिसको आवतजावत हुने सबै ठाउँहरुलाई सङ्क्रमण शून्य बनाउन सकिने बताउनुभयो । उहाँले निजी क्षेत्र पनि सरकारसँगै छ भन्ने भावना सहित सहयोग गरेको बताउनुभयो ।
स्प्रे गनको सहायताले किटनासक औषधि राखेर छर्कन समेत उपयोगि हुने उहाँले बताउनुभयो । स्याकर ट्रेडिङले यसअघि कोरोना भाइरसको विषयमा सचेतना फैलाउन नेपाल मेडिकल एसोसिएसनसँग मिलेर कोरोना हेल्पलाइन सेन्टरको सञ्चालन गरिरहेको छ ।
यो सेन्टरबाट कुनैपनि व्यक्तिले आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन सकिने छ । यस्तै कुनैपनि बिरामीलाई डाक्टरसँग जोडने र हेल्पलाइन मार्फत उपचार र स्वास्थ्यसम्बन्धी सल्लाह लिन सकिने उहाँले बताउनुभयो ।